दफा ३६
छुट, सुविधा वा सहुलियतको प्रत्याभूति M
(१) विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगलाई त्यस्तो उद्योग स्थापना हुँदाका बखत कानून बमोजिम प्रदान गरिएको छुट, सुविधा वा सहुलियतलाई सीमित गर्ने वा त्यसमा प्रतिकूल असर पर्ने गरी कुनै व्यवस्था गरिने छैन ।
(२) यस ऐन बमोजिम अवधि तोकी विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई प्रदान गरिएका छुट, सुविधा वा सहुलियत सो अवधिसम्म प्राप्त हुनेछ ।
(३) उपदफा (१) र (२) को प्रतिकूल हुने गरी यस ऐन वा अन्य प्रचलित कानूनमा कुनै व्यवस्था भएमा प्रतिकूल असर पर्ने हदसम्मको व्यवस्था त्यस्तो उद्योगको हकमा लागू हुने छैन ।